arrow

दुई सय २० रनमै समेटियो नामिबिया, सन्दीपले लिए चार विकेट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
nepal-cricket-2022-07-11.jpg

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखला अन्तर्गत नेपालले अहिले नामिबियासँग खेलिरहेको छ । स्कटल्याण्डमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेलिरहेको हो । 

जितका लागि नेपालले दुई सय २१ रनको चुनौती पछ्याइरहेको छ । खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्यो । यसअघि नामिबियाले बलिङ रोजेको बताइएको थियो । 

स्कटल्याण्डको न्यू काम्बसडनमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा अलआउट हुँदै दुई सय २० रन बनायो ।

नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डिभान ला ककले ४१ रन जोड्दा कप्तान गेर्हार्ड एरास्मुसले २२ रन बनाए । 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी, डेब्यु गरेका खेलाडी बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

नेपाल नामिबियालाई हराउँदै श्रृंखलामा सुखद शुरुआत गर्न चाहन्छ । तर नामिबियालाई हराउन नेपाललाई सहज भने हुनेछैन ।

नामिबिया पनि नेपाललाई हराएर श्रृंखलामा पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।

नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्द्वी होइन । लिस्ट ए मान्यता प्राप्त तथा अन्य आईसीसीका प्रतियोगिताहरुमा नेपाल र नामिबिया पटक पटक खेलेका छन् । तर नेपालले नामिबियाविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक खेलिरहेको हो । 

नेपाल र नामिबिया एक दिवसीयमा पाँच पटक आमने सामने भएका छन् । जसमा नेपाल चार पटक विजयी भएको छ । नामिबिया एक खेलमा विजयी भएको छ ।

श्रृंखला अघि नेपालले तयारीका लागि क्यानाडाको भ्रमण गरेको थियो । क्यानाडामा नेपालले घरेलु टोलीसँग एक दिवसीय एउटा खेल खेल्न भ्याएको थियो । जसमा नेपाल पराजित भयो । अर्को खेल भने वर्षाले अवरुद्ध भएको थियो । 

स्थानीय टोलीसँग भएको दुई अभ्यास खेलमा भने नेपाल विजयी भएको थियो । 

लिग टु अंक तालिका–

लिग टु को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ओमान ३६ खेलमा ४४ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्याण्ड २१ खेलबाट ३० अंकसहित दोस्रो, यूएई २२ खेलबाट २६ अंकसहित तेस्रो तथा अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ । 

पुछारको पपुवा न्यूगिनीको २० खेलबाट २ अंक छ । पीएनजीले नेपालबाटै दुई अंक छिनेको थियो । 

श्रृंखला अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ बुधबार खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६  शनिबार खेल्नेछ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ आइतबार खेल्ने तालिका रहेको छ ।

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ