arrow

कास्कीमा एक जोडीद्वारा एउटै रुखमा झुण्डिएर आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
Suicide.jpg

पोखरा । कास्कीमा एक जोडीले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेकाे छ । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ७ पानी पोखरीको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा उनीहरुको शव फेला परेको कास्की प्रहरीले प्रहरीले जनाएको छ । 

काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. १ घर भएकी २८ वर्षीया सुदीना कर्मचार्य र ३२ वर्षका दिवाकर थापाले आत्महत्या गरेका हुन् । 

स्थानीयले घाँस काट्ना जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए । नागडाँडा प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शवको मुचुलका गरेर पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएको छ ।

शव हेर्दा एक हप्ता भन्दा बढी भइसकेको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले घटनास्थलबाट उनीहरुकाे नागरिकता भेटिएको छ भने थप अनुसन्धान शुरु गरिरहेको प्रहरीले जनाएको छ ।



नयाँ