arrow

अमेरिकी डलर बढ्यो, युरो खरिद दर घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
dollar-rupees.jpg

काठमाडौं । अमेरिकी डलरको खरिद र बिक्री दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार बिक्री दर १२७ रुपैयाँ ४१ पैसा पुगेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा थियो ।

यस्तै युरोको खरिद दर भने घटेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२९ रुपैयाँ ७४ पैसा रहेको छ। सोमबार युरो एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा रहेको थियो। 

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ