arrow

नामिबियाविरुद्ध नेपालको निराशाजनक प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
nepal-cricket-2022-07-11.jpg

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग निराशाजनक प्रदर्शन गरेको छ । स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार राति भएको खेलमा नेपाल ४० रनले पराजित भयो ।

नामिबियाले दिएको २ सय २१ रनको चुनौती पछ्याएको नेपाल ४६.५ ओभरमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो ।आरिफ शेखले अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमले जित हासिल गर्न सकेन । 

देव खनालले ३४ रन जोड्दा कुह्सला भुर्तेलले २७ रन जोडे । करण केसी १९, आसिफ शेख १४ र आदील आलम र सोमपाल कामी समान १० रनमा आउट भए ।

नामिबियाका बेर्नार्ड, जान फ्राइलिन्च्क र डाभिड वेइसले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लोफ्टीले ६०, डिभान ला ककले ४१ रन जोड्दा कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोडे ।

क्रेग विलियम्सले २१ तथा लो हान्ड्री र डाभिड वाइसले समान १८–१८ रन जोडे ।

कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

खस्क्यो स्थान
यस हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । 
नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा चढेको छ । 

अब नेपालले दोस्रो खेलमा आयोजक स्कटल्याण्डविरुद्ध बुधबार खेल्नेछ । त्यस्तै तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध इतबार खेल्नेछ ।

यसअघि नेपालले क्यानाडामा अभ्यास गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ