arrow

कांग्रेसभित्र को कति मर्यादाक्रममा ? [विवरणसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
congress-central-committee-meeting-2079-03-28.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीले तोकेको मर्यादाक्रममाथि आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय समितिको मंगलबारको बैठकमा आपत्ति जनाउँदै उनीहरुले केन्द्रीय सदस्यहरुलाई भन्दा पहिले मर्यादाक्रममा आफूहरुलाई राख्नुपर्ने माग गरेका हुन् । 

अहिलेको मर्यादाक्रममा केन्द्रीय सदस्यहरुलाई ९ नम्बरमा राख्दा प्रदेश सभापतिहरूलाई ११ नम्बरमा राखिएको छ । सोही कारण सात वटै प्रदेशका सभापतिहरूले आपत्ति जनाएका हुन् । 

मर्यादाक्रमअनुसार केन्द्रीय सभापतिलाई पहिलो नम्बरमा राखिएको छ । पूर्व केन्द्रीय सभापतिलाई दोस्रो तथा प्रधानमन्त्रीलाई तेस्रो वरीयतामा राखिएको छ । पूर्व प्रधानमन्त्री चौथो, संसदीय दलका नेता पाँचौं, केन्द्रीय पदाधिकारी छैटौं, संसदीय दलका पूर्व नेता सातौं, पूर्व केन्द्रीय पदाधिकारी आठौं, केन्द्रीय सदस्य नवौं र राष्ट्रिय सभा दलका नेता दशौं मर्यादाक्रममा छन् । 

एघारौंमा प्रदेश सभापति हुँदा केन्द्रीय आमन्त्रित सदस्यलाई बाह्रौं नम्बरमा राखिएको छ । त्यस्तै संघीय मन्त्री १३ औं तथा मूख्यमन्त्री १४ औं मर्यादाक्रममा रहेका छन् । 

को कति मर्यादाक्रममा ? 

 



नयाँ