arrow

बढीमा पाँच महिनाको कार्यकाल खान उपसभामुखको निर्वाचन ३१ गते शुक्रबार हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
agni-prasad-2079-03-29.jpg

काठमाडौं । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् । 

उपसभामुखको पद सकिन पाँच महिनामात्र बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षमा कुनै चासो नै देखाएको थिएन । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि एक वर्ष पूरा गरेपछि बल्ल उपसभामुखमा चासो देखाएको हो । 

संविधानअनुसार सभामुख पुरुष भएपछि उपसभामुख महिला हुनैपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ