arrow

स्कटल्याण्डविरुद्ध मैदानमा नेपाल, कसिलो बलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
nepal-cricket-2022-07-13.jpg

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टु क्रिकेट अन्तर्गतको त्रिकोणात्मक श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले अहिले स्कटल्याण्डसँग खेलिरहेको छ । स्कटल्याण्डको ग्लास्गोमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । नेपालले शुरुआतमै विकेट लिन सफल भएको छ । 

सोमपाल कामीलाई सफलता मिलेको हो । नेपाल आज स्कटल्याण्डलाई हराउँदै श्रृंखलामा पहिलो जित निकाल्न चाहन्छ । तर बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन ।

नेपाल पहिलो खेलमा कमजोर नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।  

अंक तालिका
अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नामिबिया नेपाललाई हराएरै पाँचौं स्थानमा पुगेको छ । उसको १६ खेलमा १६ अंक छ । 

पुछारको पपुवा न्यूगिनीको २ अंकमात्रै छ । उसले पनि नेपाललाई नै हराएको थियो । 

शीर्ष स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ । तेस्रो स्थानको यूएईको २२ खेलमा २६ अंक छ । चौथो स्थानको अमेरिकाको २४ खेलमा २३ अंक छ । 

नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ