arrow

बलियो प्रतिद्धन्द्धी स्कटल्याण्डविरुद्ध नेपालको सनसनीपूर्ण बलिङ, एक सय ४४ रनमा रोक्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
nepal-scotland-2022-07-13a.jpg

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टु क्रिकेट अन्तर्गतको त्रिकोणात्मक श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले अहिले स्कटल्याण्डसँग खेलिरहेको छ । स्कटल्याण्डको ग्लास्गोमा जारी खेलमा नेपालले सनसनीपूर्ण बलिङ गरेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा कम योगफलमा रोकेको हो । 

नेपालले स्कटल्याण्डलाई १४४ रनमा रोकेको हो । स्कटल्याण्डले ४२.५ ओभरमात्र क्रिजमा खेल्न पायो । ९५ रन बनाउँदा स्कटल्याण्डले ९ विकेट लिइसकेपछि स्कटल्याण्डले तेहेरो स्कोर खडा नगर्ने अपेक्षा गरिएको थियो । 

तर अन्तिम विकेटका लागि भएको ४९ रनको साझेदारी भएसँगै स्कटल्याण्ड उक्त स्कोरसम्म पुगेको हो । स्कटल्याण्डका लागि गाभिन माइनले नेपाली बलरलाई सताएका थिए । उनले अविजित रहँदै ५९ बलमा ६४ रन बनाए । त्यस्तै मार्क वाटले १७, सफ्यान शरिफले १६ रन बनाए । 

नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल अलामले समान ३–३ विकेट लिँदा सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । 

नेपाल आज स्कटल्याण्डलाई हराउँदै श्रृंखलामा पहिलो जित निकाल्न चाहन्छ । तर बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन । तर सानदार बलिङबीच नेपालको जितको आशा बढेको छ । 

नेपाल पहिलो खेलमा कमजोर नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।  

अंक तालिका
अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नामिबिया नेपाललाई हराएरै पाँचौं स्थानमा पुगेको छ । उसको १६ खेलमा १६ अंक छ । 

पुछारको पपुवा न्यूगिनीको २ अंकमात्रै छ । उसले पनि नेपाललाई नै हराएको थियो । 

शीर्ष स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ । तेस्रो स्थानको यूएईको २२ खेलमा २६ अंक छ । चौथो स्थानको अमेरिकाको २४ खेलमा २३ अंक छ । 

नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ