arrow

सदनमा नागरिकता विधेयकसम्बन्धी प्रस्ताव पेश गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
balkrishna-khand-parliament-2079-03-29.jpg

काठमाडौँ । सदनमा आज नागरिकता विधेयकसम्बन्धी प्रस्ताव पेश गरिँदै छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ विचार गरियोस् भनी संसद्मा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्दै छ । 

यसअघि बुधवारको बैठकमा गृहमन्त्री खाँणले नयाँ नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । सरकारले यो विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ ।

राज्य व्यवस्था समितिले तीन वर्ष छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ विधेयक ल्याइनु समितिकै अवहेलना भएको दाबी एमालेले गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ