arrow

पाँच महिने उपसभामुखका लागि आज मनोनयन दर्ता, भोलि मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाले भोलि उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । 

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । तत्कालीन उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

त्यतिबेला एमाले र माओवादी मिलेर बनेको नेकपा सत्तामा भएकाले विपक्षले उपसभामुख पाउनु पर्ने भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले उपसभामुखका लागि पहल नै गरेन । 

तत्कालीन सभामुख नेकपा भित्रका माओवादी केन्द्रबाट आएका कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि उनी पदमुक्त भएका थिए । त्यसपछि तुम्बाहाङ्फेले सभामुख हुन चाहेको भए पनि माओवादी केन्द्र समूहबाट आएका अग्निप्रसाद सापकोटा सभामुख बने । 

एमाले र माओवादीको सहमतिअनुसार प्रधानमन्त्री एमालेको र सभामुख माओवादीको भन्ने थियो । त्यसपछि भने नेकपाले उपसभामुखका लागि चासो राखेन । उसले तत्कालिन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई उपसभामुख दिन चाहेन । 

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको एक वर्षपछि बल्ल उपसभामुख चयन हुन लागेको हो । 

उक्त पदमा कांग्रेसकै सांसद हुने दाबी गरिएको छ । कांग्रेस सत्तामा भए पनि सभामुख माओवादी केन्द्रबाट भएकाले कुनै समस्या नभएको दाबी गरिएको छ । 

कांग्रेसबाट महिला सांसद उपसभामुख हुनेछिन् । तर उनको कार्यकाल बढीमा पाँच महिनाको हुनेछ । संघको चुनाव मंसिर ४ गते हुने लगभग पक्का रहेको अवस्थामा उपसभामुखको पद बढीमा पाँच महिनाको हुने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ