arrow

मोटरसाइकल दुर्घटनामा घाइते गिरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
accident-final.jpg

झापा । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका इलाम चुलाचुली गाउँपालिका वडा नं. ३ पेल्टिमारीका ३१ वर्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ । 

पूर्व-पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित सीतापुरी सडकखण्डमा यही असार २७ गते साँझ ७ बजेतिर मोटरसाइकलमा सवार गिरी साइकलसँग जुधेर दुर्घटनामा परेका थिए । 

उनलाई घटनास्थलबाट स्थानीयवासीले उद्धार गरी दमकको आम्दा अस्पतालमा पुर्याएका थिए । टाउकोमा चोट भएको उनको आम्दामा उपचार हुन नसकेपछि थप उपचारका लागि परिवारले विराटनगरस्थित न्युरो अस्पताल पुर्याएका थिए । 

त्यहाँ उपचारका क्रममा गएराति मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकी साइकलमा सवार एक महिलाकोसमेत सोही अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ