arrow

उत्कृष्ट ७ जना कर्मचारी सम्मानित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
doti-puraskar.jpg

डोटी । कृषि विकास निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिम प्रदेश अन्तर्गत आफ्नो कार्यालय मातहतका उत्कृष्ट ७ जना कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।

सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय मातहतका ९ ओटै जिल्ला मध्ये उत्कृष्ट कार्य गरेबापत जनही ३० हजार नगद तथा प्रमाणपत्र सहित ७ जनालाई सम्मान गरेको हो ।

पुरस्कृत हुनेहरूमा सुख्खा फलफूल विकास केन्द्र, सतबाँझ बैतडीका अधिकृत आठौं डम्मर सिंह भाट, कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख अधिकृत सातौं नरेन्द्र पनेरु, कृषि विकास निर्देशनालय दिपायलका अधिकृत छैटौं केशवराज पाण्डेय, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत छैटौं मिनप्रसाद जैसी, कृषि ज्ञान केन्द्र कंचनपुरका सहायक स्तर पाँचौ जनक बहादुर सिंह, कृषि विकास निर्देशनालय दिपायलका हलुका सवारी चालक राजकुमार चौधरी र कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय सहयोगी दिवाकर पाण्डेय रहेको कृषि विकास निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले बताए। 

उनले भने,´राम्रो काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्नाले कर्मचारीहरूमा हौसला प्रदान हुन्छ। कार्यालयको कार्य सम्पादनमा समेत सहयोग पुग्ने भएकोले प्रत्येक वर्ष राम्रो कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कृत तथा सम्मान गर्नु पर्छ ।`



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ