- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शुक्रवारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा पुगेको छ ।
पहिलो पटक अमेरिकी डलर एकको बिक्रीदर १२८ नाघेको हो । पछिल्ला दिनमा लगातार डलर उकालो लागेको छ ।
यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९० पैसा र बिक्री दर १५१ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।