arrow

सुरक्षाकर्मीका हतियार बिचौलियाको नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
Nepal-police_HQ.jpeg

काठमाडौं । नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिने हातहतियारमा बिचौलियाले कसरी दलाली गर्छन् भन्ने पछिल्लो एक घटनाले देखाएको छ । नेपाल प्रहरीका लागि ८४ करोडको हतियार खरिद प्रकृया अघि बढैसँगै एक बिचौलियाको भिडियो कान्तिपुरले सार्वजनिक गरेको छ । 

भिडियोमा दीपक भट्टले हतियार खरिद गर्न सरकारी अधिकारीसमक्ष मोलमोलाइ गरेका छन् । भट्टले हतियार खरिद गराउन सरकार, संसद्, विपक्षी दलका नेता सबैलाई मिलाउने बताएका छन् ।

उनले लेखा र  राज्य व्यवस्था समितिलाई ह्यान्डल गर्न सक्ने बताएका छन् । 'मेरो त्यो हैसियत छ गर्न सक्छु । उनीहरूले दुःख दिन सक्दैनन् । अब मिलाउन पर्ने भए मोदी र चाइना पनि मिलाउला त्यो पर्दैन । तर टाइम एण्ड अगेन इन्डियनहरुले पनि इन्टरफेयर गरिरहेका हुन्छन् ।'

उनले विपक्ष पार्टीमा लाजिम्पाट र सानेपा रहेको भन्दै त्यो दुईबटैलाई ह्याण्डल गर्ने भनेका छन् । भारत र चीनलाई पनि उनले मिलाउने कुरा गरेका छन् । मिलाउन पर्ने भए मोदी र चाइना पनि मिलाउला त्यो पर्दैन । तर टाइम एण्ड अगेन इन्डियनहरुले पनि इन्टरफेयर गरिरहेका हुन्छन् । 
 
उनले यति कुद्ने भनेपछि केही न केही आश हुने भन्दै कसैलाई टिकट किन्दिनुपर्ने, कसैको छोरालई भर्ना गर्दिनुपर्ने कहीँ भनेका छन् । 

सरकारले अहिले इटालीको बेरेटा कम्पनीबाट उनकै संलग्नतामा हतियार सहित गोली गट्ठा किन्ने प्रक्रिया छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले ८४ करोड रुपैयाँ बजेट रकमान्तर गरिदिएका थिए । 

तर प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।

संवाद
'अब संयन्त्रमा रह्यो दुई बटा कुरो । एउटा लेखा समिति अर्को राज्य व्यवस्था समिति । त्यो लेखा र  राज्य व्यवस्था समिति ह्यान्डल गर्छु । मेरो त्यो हैसियत छ गर्न सक्छु । अननेससरी उनीहरूले दुःख दिन सक्दैनन् । अब अन्तिम बच्यो अपोजिशन पार्टी । अपोजिसन पार्टी भनेको रुलिङ पार्टीमा दुई वटा छन् । एमाले र कांग्रेस । अपोजिसन पार्टीमा लाजिम्पाट र सानेपा छ । त्यो म दुई वटैलाई ह्याण्डल गर्छु । अब मिलाउन पर्ने भए मोदी र चाइना पनि मिलाउला त्यो पर्दैन । तर टाइम एण्ड अगेन इन्डियनहरुले पनि इन्टरफेयर गरिरहेका हुन्छन् । चाइनिज हतियार किन लिने तिमीहरू हामीसँग हतियार लेउ भन्ने हुन्छ । ' 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ