arrow

प्रचण्ड भारत भ्रमणमा निस्किए, मोदीलाई भेट्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
prachanda-mcc.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । 

तीन दिने भ्रमणमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । सत्ताधारी दल भारतीय जनता पार्टी भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा गएका प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ।

त्यहाँ उनले भाजपा अध्यक्ष नड्डा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले भेट्नेछन् ।  भ्रमणमा प्रचण्डले विदेश मन्त्री डा एस जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच भेटवार्ता गर्नेछन् । 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ पाँच दिने भ्रमण सकेर बुधबार फर्किए लगत्तै प्रचण्ड भारत भ्रमणमा निस्किएका हुन् ।  प्रचण्डले आफ्नो भारत भ्रमण र चिनियाँ अधिकारीको नेपाल भ्रमणबीच कुनै सम्बन्ध नरहेको टिप्पणी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ