arrow

सवारी दुर्घटनामा एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
Accident-sign.jpg

तनहुँ । तनहुँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं. ११ शेराका २३ वर्षीय विक्रम सुनार रहेका छन् । 

माया युनिभर्स एकेडेमी स्कूलको बस र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।

घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग१क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

सो दुर्घटनामा चालक २२ वर्षीय सुजन सुनार घाइते भएको र उनको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ