- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी डलर एकको बिक्री दर १२८ रुपैयाँ ११ पैसा पुगेको छ ।
आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा पुगेको हो ।
यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८६ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।