arrow

गभर्नरको राजीनामा माग्ने विद्यार्थीलाई प्रहरीले खेदायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
balwatar-gov.jpg

काठमाडौं ।  नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुबाटमा विद्यार्थीहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।  

१० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैङ्कको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेपछि  प्रहरीले प्रदर्शनकारीलाई खेदाएको थियो । 

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । 

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ