arrow

बलात्कार आरोपमा सशस्त्रका जवान सहित चारजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
apf-armed-police-force-logo.jpg

कञ्चनपुर । बलात्कार आरोपमा कञ्चनपुरको पुनर्वासमा सशस्त्र जवान सहित ४ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । 

पुनर्वास नगरपालिका वार्ड नं. ९ ख गाउँ बस्ने २४ वर्षीय सुशील विष्ट, सोही ठाउँ बस्ने १९ वर्षीय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री र बीओपी बिचफाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २२ वर्षीय यम प्रसाद ज‌ैशीलाई प्रहरीले पक्राउ गरेको छ । 

बलात्कार घटना आषाढ २३ गते राती भएको हो । सुशील विष्टले छिमेकी गाउँकी २० बर्षिया महिलालाई विवाह गर्ने प्रलोभन देखाएर उखुबारीमा लगेको र सुशीलका अन्य साथीहरू पनि आएर सामूहिक बलात्कार गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी गराए । 

सुशील विष्ट र पीडित महिलाको पहिले देखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । आरोपितहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ