arrow

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
Accident-sign.jpg

नुवाकोट । नुवाकोटमा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नं. ६ का २९ वर्षीय करण केसी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार लिखु गाउँपालिका वडा नं. ६ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा केसीको मृत्यु भएको हो । 

नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहका अनुसार छहरे बजारबाट घरतर्फ जाँदै गरेका केसीले चलाएको ना६२प ९५२१ नं को मोटरसाइकल मध्यपहाडी सडक मार्गको छहरेस्थित सडकछेउको विद्युतीय खम्बामा ठोक्किएर दुर्घटना भएको हो । 

सो दुर्घटनामा घाइते भएका भएका केसीको छहरे बजारस्थित सेवा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक शाहले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ