arrow

प्रचण्डले अजित डोभलसँग गरे दुई घण्टा एक्लै छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
prachanda-narayankaji-2079-04-01.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताएका छन् । 

तीन दिने भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले डोभलसँग लामो छलफल गरेको बताए । डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको उनले बताए। 

उनले उक्त भेटमा आफूले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको दाबी पनि गरे । 

प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि लामो भेट भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ