arrow

पोखरामा सवारी दुर्घटना, १६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
bus accident.jpg

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गोरखा घर भइ पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बस्ने २४ वर्षीय सुमन गुरुङ रहेका छन् । गुरुङ अझै अचेत रहेको र पोखराको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । 

आज दिउँसो करिब १ बजेतिर पोखरा-१७ ड्यामसाइडमा ग१ज ३४१७ नम्बरको मिनी माइक्रो बसलाई ग१ख ३७९० नम्बरको पोखरा नगर बसले ठक्कर दिँदा दुर्घटना भएको हो । गम्भीर घाइते गुरुङ मिनी माइक्रो बसको चालक भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा १६ जना यात्रु सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमै उपचार भइरहेको छ । 

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा मिनी माइक्रोमा सवार पोखरा-२२ पुम्दीभुम्दीकी १२ वर्षकी रीता विक,  ३३ वर्षका चन्द्र विक, १० वर्षकी मुस्कान विक, ६ वर्षका रीतिक विक र पोखरा-२१ का ३३ वर्षीय नारायण विक छन् ।

यसैगरी नगरबसमा सवार भोजपुर घर भई पोखरा-५ का २० वर्षीय राजकुमार मगर, आयुश तामाङ, १३ वर्षका अभिषेक तामाङ, १७ वर्षका कुशल तामाङ, पोखरा-८ सृजनाचोक बस्ने २३ वर्षकी विनिता राई, २० वर्षका निरन राई, पोखरा-८ सिमलचौकका १७ वर्षका रविन श्रेष्ठ, पोखरा-२२ का २३ वर्षका विज्ञान परियार, पोखरा-१७ की १८ वर्षकी अन्जली सुनार, ३१ वर्षकी सुमित्रा आले, ७१ वर्षकी लक्ष्मी गुरुङ पनि घाइते भएकी छन् । नगर बसका चालक पोखरा १६ निवासी रमेश कुचीकारलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ