arrow

नेपालको कमजोर प्रदर्शन, स्कटल्याण्डसँग ८ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
nepal-scotland-2022-07-17.jpg

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर पछ्याएको हो ।

स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि कलुमले काएल कोत्जरसँग ८२ रनको साझेदारी गरे । कोएत्जरले अविजित ४४ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले १(१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५।५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने कप्तान सन्दीप लामिछानेले २२ रन बनाए । विनोद भण्डारीले १३ रनको योगदान दिए ।

स्कटल्याण्डका लागि हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । ग्याभिन मेनले २ विकेट लिए । जितसँगै स्कटल्यान्डले २३ खेलबाट ३४ अंक जोडेको छ । नेपाल लिग टू को अंक तालिकामा २० खेलमा १७ अंक जोडेर छैटौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ