arrow

दुई करोड झ्वाम पर्ने योजना बनाएका वकिललाई बोलायो काउन्सिलले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
taman-court.jpg

काठमाडौं । वकिल रुद्रप्रसाद पोखरेललाई नेपाल बार काउन्सिलले सात दिन भित्र जवाफ पेश गर्न सूचना प्रकाशित गरेको छ । इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग वकिल रुद्रप्रसाद पोख्रेलले मोलमोलाइ गरेका थिए । सो अडियो न्यूज २४ टिभीले सार्वजनिक गरेको थियो । 

अहिले काउन्सिलले वकिल पोखरेललाई कारबाही गर्नुपर्ने हो/होइन? सात दिन भित्र जवाफ पेश गर्न सूचना जारी गरेको छ । 'तपाईँले कानुन व्यवसायीको आचारसंहिता, २०५१ को विपरीत कार्य गर्नु भएकाले कारबाहीको लागि प्रतिवेदन उजुरी प्राप्त भएकोमा सो सम्बन्धमा तपाईँलाई कारबाही हुनुपर्ने हो/होइन? अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६ (३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आजका मितिले सात दिन भित्र जवाफ पेश गर्नुहोला अन्यथा कानून बमोजिम भई जाने ब्यहोरा सूचित गरिन्छ।’ सूचनामा उल्लेख छ । 

No description available.

वकिल पोख्रेल झापा जुरोपानी बडा नं ८ का हुन् । पोखरेलले १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र २ करोड लिन न्यायाधीशलाई प्रस्ताव गरेका थिए ।

न्यायाधीश र कानून व्यवसायीबीचकै अडियो सार्वजनिक भएपछि न्याय परिषद्ले छानबिन समिति गठन गरेको थियो । घुस डिल प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्याय परिषद्लाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ