- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्ष दलका महत्त्वपूर्ण सदस्य हराएको भन्दै खोज्नुपर्ने धारणा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले राखेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले भने 'हाम्रो गाउँ घर तिर कुखुराको चल्ला हराए पनि खोजी हुन्छ । यहाँ सबैभन्दा ठुलो पार्टीको केन्द्रीय सदस्य हराउनु भएको छ ।'
उनले सत्तारढ तथा प्रतिपक्षी दल आआफ्नो सुरमा लागेको सुनाए ।
उनले भने,' वहाँको खोजी न सरकारले गर्छ न प्रतिपक्षी गर्छ । सरकार विद्यार्थी उफार्नमा लागेको छ । खोजी गर्नुपर्ने प्रतिपक्ष आफ्नो महत्त्वपूर्ण सदस्य खोज्नुको साटो सीसीटीभी खोज्दै हिँडेको छ ।'
उनले थपे,' यहाँ पनि कस्तो विडम्बना छ भने सीसीटीभी खोज्ने छानबिन समिति बनिसकेको छ । त्यत्रो महत्त्वपूर्ण मान्छे हराएका छन् समिति बनेको छैन ।'