arrow

मोटरसाइकल दुर्घटनामा विवेकको मृत्यु, घाइतेलाई काठमाडौं पठाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
Accident-sign.jpg

महोत्तरी । महोत्तरीमा सडक दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका-२ निगौल सडकखण्डमा आज पेट्रोलपम्प नजिकै दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा जिल्लाकै औरही नगरपालिका-२ का २४ वर्षीय विवेक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।

सो दुर्घटनामा प्रदेश नम्बर २-०२-००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका-४ रजखोरका २५ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नम्बर २-०२-००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर २-०२-००१ प ८६७९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक र घाइते दुवै एउटै मोटरसाइकलमा सवार हुन् ।

दुर्घटनामा घाइते कृष्ण यादवलाई गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ