arrow

जनार्दन शर्मासँग बिहीबार बिहान बयान लिइँदै, छानबिन समितिको म्याद एक साता थप्ने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
janardan-sharma-parliament.jpg

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र सीसीटीभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको समय थप्ने तयारी गरिएको छ । 

१० दिनको म्यादसहित असार २२ मा गठन भएको समितिको म्याद बिहीबार सकिँदैछ । तर समितिले समय सीमाभित्र छानबिन नसकिएकाले समय थप गर्ने तयारी गरिएको हो । 

त्यसका लागि बुधबार बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए । केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सीसीटीभीको हार्ड डिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । 

उक्त रिपोर्ट आएपछिमात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ । 

समितिले बिहीबार बिहान निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने तयारी गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ