arrow

शासकहरूको मानसिकता परिवर्तन नहुँदा ठूलो समस्या : बालानन्द पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
balananda-sharma-new.jpeg

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव बालानन्द पौडेलले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न ठूलो समस्या आइलागेको बताएका छन् । बुधवार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेलले देश सङ्घीयतामा गए पनि  शासकहरूको मानसिकता परिवर्तन नहुँदा संविधानले दिएको अधिकार कार्यान्वयन गर्न ठूलो समस्या आइलागेको बताए ।

उनले भने,' हाम्रो मानसिकता परिवर्तन गर्न के गर्न पर्छ त्यसको लागि औषधी पनि पाउँदैन रहेछ, त्यसको लागि हामी एक अर्कालाई सकारात्मक कुरामा प्रोत्साहन गर्नुपर्छ ।' 

उनले निर्वाचनको पद्धति र शासकहरूको सोच नमिलेको कारण परिवर्तनलाई व्यवहारमा उतार्न कठिनाइ भएको उनको तर्क छ । 

अर्का विश्लेषक श्याम श्रेष्ठले सङ्घीयता ल्याउन जसले ठूलो योगदान दियो, उनीहरुनै अहिले त्यसप्रति इमानदार नभएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठले बताए । उनले भने,' नेपालको सङ्घीयता राम्रो पनि छ नराम्रो पनि छ । राम्रो कुरा भनेको धेरै कामको लागि केन्द्र जानु पर्दैन, हिजो जिल्लालाई नभएको अधिकार आज वडालाई छ त्यसले धेरै सजिलो बनाएको छ । देशको मुख्य मन्त्रीलाई सिडिओ जति अधिकार पनि छैन ।'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ