arrow

आले झुण्डिएको अवस्थामा फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
death_1618213452.jpg

तनहुँ । तनहुँमा बुधबार एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. ३ खिलाका ४० बर्षीय शेरबहादुर आले झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी सोही गाउँको ससुराली घर नजिकै बारीको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक सुरेन्द्र गुरुङ्गले जानकारी दिए ।

पारिवारिक कलहका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त घटना हुनु अघि उनकी श्रीमतीसंग झगडा भएको खुलेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । 

आलेको कुटपिटबाट उनकी श्रीमती घाइते भएको र स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ