arrow

हेटौंडामा देशभरका १६ सय बढी प्रेस युनियनका पत्रकार भेला, दुई खेमाबीच चुनावी भिडन्त

शुक्रबार प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ साउन ५ बिहिबार
press-union-last-meeting-badri-sigdel-2079.jpg

हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन यहीँ साउन ६ र ७ गते हेटौंडामा हुँदैछ । ०७१ भदौमा ८ औं महाधिवेशन भएपछि ८ वर्षपछि हुन गइरहेको युनियनको अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनका लागि देशभरबाट १६ सय बढी केन्द्रीय पार्षद् आफ्ना नेतालाई जिताउन हेटौंडा आउने छन् । 

त्यस्तै हालको केन्द्रीय समिति अतिथिलगायत गरी १८ सय पत्रकार र अन्य गरी २ हजार जना हेटौंडामा उपस्थित हुने प्रेस युनियनले जनाएको छ । युनियनको अधिवेशन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

करिब दुई हजार जना अतिथिलाई हेटौंडामा राख्नको लागि प्रेस युनियन आयोजक समितिले हेटौंडाका होटल सबै बुक गरेको छ । हेटौंडामा रहेका अधिकांश होटल, मकवानपुर गढी, अमलेखगन्ज र सौराहाका होटलसमेत बुक गरिएको आवास व्यवस्थापन समिति संयोजक रुपेश दुलालले बताएका छन् । 

७७ वटै जिल्लाका प्रतिनिधि हेटौंडा आउने क्रम जारी छ । अधिवेशनका लागि युनियन भित्रै दुई समूहबीच प्रतिष्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट अध्यक्षको लागि अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलालको उम्मेदवारी पक्का भएको छ ।

त्यस्तै इतरबाट अध्यक्षमा शिव लम्साल, महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्ष खुलातर्फ राममणि दाहाल र नकुल अर्याल तथा उपाध्यक्ष महिलातर्फ सलोजा दाहालको उम्मेदवारी टुंगो लागेको छ । 

अन्यको उम्मेदवारी टुंगो लगाउन अहिले हेटौंडामा नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ