arrow

पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्कियो, १६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
accident micro.jpg

चितवन। पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् ।

काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गर गाडी इच्छाकामना गाउँपालिका-३ मा एक आपसमा ठोक्किएको हो ।

दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गरका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए।  घटना आज साँझ ५ः२० बजे भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ