arrow

हेटौंडामा प्रेस युनियनको महाधिवेशन शुरु, शिव–अनिताबीच नेतृत्वमा प्रतिस्पर्धा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
press-union-hetauda-2079.jpg

हेटौंडा । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रेपछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।

झन्डै ८ वर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौडा आइपुगेका छन । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।

नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गरेका छन् । 

उद्घाटन सत्रपछि आजै निर्वाचनको प्रक्रिया पनि शुरु हुनेछ । भोलि मतदान हुने र भोलि नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । सो महाधिवेशनमा संस्थापन पक्षवाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इतर समूहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् । त्यस्तै नकुल अर्यालले पनि उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । 

उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इतर समूहबाट सलोजा दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल  र इतर समूहबाट दिलिप पौडेलबीच तीव्र प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन् । खिला कार्कीले पनि उम्मेदवारी घोषणा गरेका छन् । 

संस्थापन पक्षले कोषाध्यक्षमा माधव धिताललाई उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहने छन् । उपमहासचिवमा युवराज गौतम लगायतले उम्मेदवारी घोषणा गरेका छन् । महिला उपमहासचिवमा कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, खुल्ला सचिवका लागि भुवन केसी, खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायत मैदानमा उत्रेका छन् भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।

लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यमा दर्जनौंले उम्मेदवारी घोषणा गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ