arrow

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
mahaprasad-adhikari-governor.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । 

उनले सार्वजनिक गरेको मौद्रिक नीतिमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिइएको छ ।

कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । 

त्यस्तै  बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर बढाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको अधिकारीले बताएका हुन् ।

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दवाव पुग्नेछ ।

केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

कोरोना कालमा दिइएको पुनःकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको सुविधामा आवश्यक पुनःकर्जाको प्रबन्धमा केही संशोधन गरिएको उनले जानकारी दिए । 

रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैंकले लिएको छ । 

सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ । 

शेयर कर्जाको अधिकतम सीमा रु १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ