arrow

पोखरामा इटहरीकी युवती बलात्कृत : व्यवसायी मधुसुदन पक्राउ, मुख्य अभियुक्त राजु फरार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
Kaski Police.jpg

पोखरा । पोखरामा करिब ३२ वर्षकी एक युवती बलात्कृत भएकी छन् । इटहरिकी ती युवती गत असार २२ गते राति पोखरामा बलात्कृत भएकी हुन् । कास्की प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं टोखा घर भएका राजु रावतसंग ती युवतीको फेसबुकमा चिनजान हुन्छ । चिनजान भएपछि रावतले युवतीलाई चितवन भेट्न बोलाउँछन् । काठमाडौंका राजु र इटहरिकी युवतीबीच चितवनमा असार २२ गते नै भेट हुन्छ । त्यसपछि राजुले पोखरा घुम्न जाने बाहना बनाउछन् र युवती पनि त्यसमा सहमति जनाउँछिन् । 

राजु, युवती र अन्य ती जना पोखरा आउँछन् र पोखराको लेकसाइडस्थित सहारा होटलमा बास बस्छन् । उनीहरु दुई वटा कोठा लिएर बास बसेका थिए । प्रहरीका अनुसार ती युवती र राजु एउटा कोठामा र अन्य तीन जना अर्को कोठामा बस्छन् ।

युवतीसंग बसेका राजु मध्यरातमा केही समय कोठा बाहिर निस्कन्छन् । त्यहीबेला संगै पोखरा आएकामध्ये एक नुवाकोट घर भइ काठमाडौंमा व्यवसाय गर्दै आएका मधुसुदन पाण्डेले पनि युवतीलाई बलात्कार गरेको आरोप छ । त्यसपछि उनीहरु २३ गते काठमाडौं फर्किन्छन् । युवती त्यो रात होटलमा बस्छिन् । भोलिपल्ट प्रहरी वृत्त मालीगाउँमा पुगेर आफू बलात्कृत भएको उजुरी दिएकी थिइन् । उनको जाहेरीमा राजु र मधुसुदन विरुद्ध किटानी छ । जाहेरीमा अन्य दुई जना संलग्नमात्र भनिएको छ ।

युवतीको उजुरी लगत्तै प्रहरीले पाण्डेलाई असार २५ गते पक्राउ गरेको हो । पाण्डे अहिले कास्की प्रहरीको हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुन्दर तिवारीका अनुसार पाण्डेमाथि बलात्कार मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको छ । बलात्कारका मुख्य अभियुक्त राजु र संगै पोखरा आएका अन्य दुई जना फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको डिएसपी तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ