arrow

नसुध्रने नै भो  !  

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०७९ साउन ७ शनिबार
shiva-prasad-pokharel-literature-2079-04-07.jpg

थाहा भए अनुसार हामी पनि मानव जातिबाट नै विकसित हुँदै आएका हौं । हामीमा अन्य मानिसमा भन्दा अनौठो खुवी देखिन थाल्यो । हामी विना अध्ययन सजिलैसँग अरुलाई सिकाउन सक्ने र उपदेश दिने भयौं । हाम्रो कमजोरी भनेको बहुसंख्यकका लागि मान्य हुने कुरामा विश्वास नलाग्ने र नपत्याउने भयौं । हामी कुनै अध्ययन गरेर सही निचोडमा पुग्न नै चाहँदैनौं । हामीले विकासको नाममा विमानस्थल थप्दै जाने जुन सोचाइमा रमाउँदै छौं त्यसको ऋणबाट हामीलाई कहिल्यै छुटकारा मिल्ने छैन ।  
  
हामी अरु विकसित देशमा बस्नेले भन्दा धेरै फरक व्यवहार गर्दै आएका छौं र त्यसको निरन्तरता पनि । अझै नयाँ फरक बाटो सम्झेर रमाउँदै छौं । 
हरेक देश विकासको शुरुआतमा ठूलो चौडा र पक्की सडक बनाएर शुरुआत भयो । जुन देशमा आज चौडा सडक प्रयोग गरिरहेका छन् विकसित देशले अनुसन्धान गरेर अत्यावश्यक स्थानमा विमानस्थल बनाए । थोरै मात्र विमानस्थल जेन तेन चालु रहेका छन् । अन्य सबै जसो टाँट पल्टिसकेका छन् । 

आन्तरिक विमानस्थलको कुरै नगरौं । जहाँ दिनमा सुनसान अनि रातमा भूतले आराम गरिरहेका छन् । विकसित देशमा पनि विमानस्थल निर्माण गर्दा राज्यको ठूलो ढुकुटी सकिएर अब उप्रान्त विमानस्थलको कुरा सदाको लागि नउठ्ने भएको छ।  

हाम्रो देशमा विदेशबाट ऋण लिएर दुई ठूला विमानस्थलमध्ये एकको निर्माण समापन भएर दिनमा उज्यालो अनि रातको अँध्यारोमा भूतले गाना बजाउन शुरु गरिसकेको छ । मलाई लाग्थ्यो कि यात्रुहरु नयाँ विमानस्थल हेर्नका लागि भए पनि त्यहाँ पुग्नेछन् ।

पर्यटकहरुले हाम्रो विमानस्थल राम्रोसँग अवलोकन गर्नेछन् । केही पसलहरुमा गएर पानी, कफी, कोक चिप्स आदि किनेर खानेछन् । तर भैरहवा विमानस्थल जहाँ छिमेकी भारतका प्रधानमन्त्रीले टेक्न मानेनन् ।  

देशमा विमानस्थल निर्माण भए पश्चात केही आम्दानी गरेर नाफा कमाएमा ऋणको साँवा ब्याज तिर्ने हो । नाफा कमाउनका लागि विमानस्थलसँगै अन्य विभिन्न सेवा सुविधा जोडिएको हुन्छ । तर हाम्रोमा भने कतैबाट नाफा आर्जन गर्ने देखिंदैन । 

नेपालमा ठूला परियोजना बनाउनका लागि सबै विदेशबाट ऋण लिएर मात्र निर्माण भएको छ। सो ऋणको साँवा ब्याज भुक्तानी गर्ने जिम्मा सरकारको हुनेछ । अब पोखरा र भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको साँवा ब्याज तिर्नका लागि सम्बन्धित ऋण दिने देश वा संस्थालाई नै जिम्मा दिँदा हुन्छ। 

ऋण तिर्न सक्ने गरी विमानस्थलबाट आम्दानी हुने कुनै आधार छैन ।

देश विकासका लागि एक शहरबाट अर्को सहर जानका लागि चौडा रोड, खानेपानी, विजुली, स्वास्थ्यचौकी, उपयुक्त स्थानमा विद्यालय, ग्रामीण भेगका लागि पनि पक्की सडक अनि सामान्य जीवनयापनमा न्युनतम आधार तय हुनु पर्दछ। तर रातमा भूत नचाउनका लागि विमानश्थलको आवश्यक छैन । 

विमानस्थलल बनाउने नै हो भने भरतपुरको रंगशाला जस्तै किसिमले चतुर खेलाडी खडा गरेर बनाएमा कम्तीमा ऋणको भार देशलाई त पर्दैन । खाडी, मलेसिया र कोरियातिर गएका हाम्रा दाजु भाइसँग पैसा उठाएर बनाए पनि हुन्छ। उनीहरुले पनि भरतपुरको रंगशाला पश्चात सहयोग गर्ने अर्को योजनाको खोजीमा होलान् ।

के गर्नु कसैले सुन्ने भए पो । कतैबाट सुध्रने आधार देखिंदैन बरै । नसुध्रने नै भो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ