arrow

‘पैसाको उडान’ लिएर आए साहित्यकार रवीन्द्र समीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
paisako-udan-rabindra-samee.jpg

काठमाडौँ । साहित्यकार रवीन्द्र समीर (डा रवीन्द्र पाण्डे) को उपन्यास  पैसाको उडान  प्रकाशित भएको छ  । लघुकथामा अब्बल मानिने रवीन्द्र समीर प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन्  । मृत्युको आयु, कोरोनातन्त्रजस्तै पैसाको उडान पनि लघुकथा शैलीमा लेखिएको उपन्यास हो  ।

अकल्पनीय रुपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुशी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँशुजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित यो उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ । 

सँगसँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई उपन्यासका हरेक कथामा सँगै बुनिएको छ । पैसाको उडान उपन्यासमा पैसाको महत्वमात्र हैन सीमितताबारे मार्मिक ढंगबाट लेखिएको छ  । विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ भन्ने आँकलन पनि गरिएको छ  ।

पैसाको लागि काकाकुल बनेको यो वैश्य युगमा पैसाका आवश्यकता मात्र नभएर मृगतृष्णा भएको  तथ्य सूक्ष्म ढंगबाट उजागर गरिएको छ  । मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको यो उपन्यासमा मुख्यतः ५६ वटा च्याप्टर रहेका छन्  । 

अत्यधिक पैसाले जीवनमा के कस्ता दुस्प्रभाव गर्दछ भन्ने कोणबाट यो उपन्यास पृथक रहेको छ  । शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३२५ रहेको छ  ।

समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलब्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्रलगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन्  ।

समीरले युवा वर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्मश्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभुषण पदक लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ