arrow

खतिवडाको ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
hemanta-khatiwada-81-01-04.jpg

काठमाडौँ । गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतको किताब ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । यो पुस्तकमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन् ।

यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् । दुई सय पृष्ठमा किताब तयार भएको छ । यसको मूल्य भारु २०० रहेको छ । गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् । 

गीतकार खतिवडा भन्छन्, ‘प्रेम भनेको सतही विषय नभई यसको आफ्नै दर्शन छ र प्रेम गीतलाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’

ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यो कृति भारतीय पाठकहरुबीच लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्बात्मक छन् । शब्दहरू सरल छन् तर ती शब्दहरूले बोक्ने भाव गम्भीर छन् । 

उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । शब्द शब्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस देखिएका छन् । 

उनले विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन । 

उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ