arrow

आशामा

logo
कविता गौतम, 
प्रकाशित २०८० चैत १० शनिबार
kabita-gautam-80-12-10.jpg

आशाहरूका मट्याङ्रालाई 
सपनाको गुलेलीमा राखी फालिरहेछु
कुनै एउटाले त 
सफलताको पोकोमा लाग्ला भनी 
अन्धाधुन्ध जीवनको गोरेटोमा खोजिरहेछु 
कतै नजिक पो छन् कि 
ईच्छाहरु पनि ।
हिंड्दा हिंड्दै 
घरी हार खान्छु
घरी सोच्छु 
कसरी कमजोर हुन सक्छु र म 
मेरी आमा अनि दिदीहरूको पनि त  
सपना मसँगै जोडिएको छ
अनि त्यो सपना पनि त मैले पूरा गर्नु छ 
मेरी आमाले पनि त आशा राखेकी होलिन्
पक्कै एकदिन मेरी छोरी पनि सफल हुन्छे भनी

भगवान् भाक्दा भाक्दा 
आजित हुन लागेँ 
सोच्छु भगवान् सुन्दैनन् कि
भगवान् देख्दैनन् कि 
यस्तै यस्तै ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ