arrow

टुक्राटुक्रा मुटु जोड्ने प्रयास 

logo
कविता गौतम,
प्रकाशित २०८१ वैशाख ८ शनिबार
kabita-gautam-81-01-08.jpg

हिँड्दा हिँड्दै आज फर्किदै एकचोटी म पछाडि हेर्छु 
फर्किन्छु अनि देख्छु त्यो बितेको हिजोलाई 
थोरै घाउ हुँदा पनि 
चिच्याई चिच्याई रुने ती दिन 
अनि आजका दिन कति फरक छन् है 
अनि आज मुटु टुक्राटुक्रा हुँदा पनि 
हाँस्न बाध्य यी दिन
कस्तो अजबको छ है जिन्दगी पनि 
हजारौँ पटक लड्दा पनि फेरि उठ्न हिम्मत राख्ने म  
थोरै अप्ठ्यारो थोरै गाह्रो 
अनि सानो यो सहरमा ठूलो आनन्द दिने जिन्दगी 
हेर्दाहेर्दै यति ठूली भैसकेछु 
अब झन् काँधमा ठूलो जिम्मेवारी थपिँदैछन् 
अनि, 
अनि मनमा कतै लुकेका डरहरु पनि छन् 
भोलिको दिनमा के होला कसो होला भन्ने 
तर पनि,
हार खान नदिने यो जिन्दगी 
के थाहा भोलि कस्तो हुन्छ भनेर 
अड्काई राख्ने यो  जिन्दगी 
सोध्न मन लागेको छ मलाई आज 
ए जिन्दगी ! म बाट के चाहन्छस् ?
किन मेरो भागमा चैँ खुशी हुन लेखेको छैन र ?
किन यति धेरै पीडा दिन्छस्
सहन सक्छे भन्दैमा 
यति धेरै पीप्डा पनि त नदेको भए हुन्थ्यो 
सपना पूरा गरेर 
मलाई पनि त खुशी हुन मन लाग्छ
किन थोरै थोरै खुशी पनि
मेरो भाग्यमै छैन र ?
हो म लड्छु
म हार्छु 
तर,
एक दिन तिमीलाई जित्छु 
ए जिन्दगी तिमी अजबको छौ
तर म अजम्बरी छु ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ