arrow

नयाँ वर्ष

logo
कविता गौतम, 
प्रकाशित २०८१ वैशाख १ शनिबार
kabita-gautam-81-01-01.jpg

नयाँ सालसँगै हाल फेर्न सकूँ 
परिस्थिति जस्तोसुकै आए पनि जीवनमा 
निडर भई हाँसीहाँसी सामना गर्न सकूँ 
आज नभए के भयो त 
भोलि त पक्कै पनि होला नि भनी 
आफ्नो मन मस्तिष्कलाई सम्झाउन
अनि बुझाउन सकूँ 
चालेका मेरा यी कदमहरूले 
अनि सजाएका ती हजारौँ सपनाहरूले 
सफलताको शिखर चुम्न सकूँ 
सारा कल्पना सत्यता बनेर 
नयाँ वर्षको अञ्जुलीमा भर्न सकूँ 
गुराँस झैँ सदाबहार फुल्न सकूँ 
नयाँ वर्षसँगै जीवनमा 
खुशी र उमङ्गहरू
ल्याउन सकूँ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ