arrow

वीपी स्मृतिमा रोपियो विभिन्न जातका दुई सय बिरुवा

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ साउन ६ शुक्रबार
congress-plantation.jpg

रौतहट । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहट जिल्लाको आयोजनामा जननायक वीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ६ जिपि उद्यान पार्क डार्वरीमा सम्पन्न भएको छ । 

कार्यक्रममा २ सय विभिन्न जातका बिरुवा रोपिएको वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहट जिल्ला अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए ।  उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रदेखि जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  

मञ्चका रौतहट जिल्ला अध्यक्ष अधिकार लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सांसद धनलाल थोकर, मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजाल ,वरिष्ठ नेता हृदयनारायण यादव जिल्ला सचिव रामचन्द्र गिरी, क्षेत्रीय सभापति रामशेनाइ राय यादव, नेविसंघ पूर्व महामन्त्री उर्मिला थपलिया , मेयर शेख वकिल ,अचन्द्रपुर नगर सभापति मुकेश गिरी, तरुण दल जिल्ला अध्यक्ष नौसाद आलम, महासमिति सदस्य देवराज कार्की, नेविसंघ पूर्व केन्द्रीय सदस्यहरु भरत खड्का,  नवराज देवकोटा, पुजन गन्धर्व, नेताहरु अनन्त कोइराला, अजयकुमार शाह, महिला संघ केन्द्रीय सदस्य लक्ष्मी बराल चन्द्रपुर ६ वडा सभापति नेत्र कुश्वार, सर्लाहीका नेता विश्वमित्र रिजाल, नेविसंघका नेताहरु पंकज सुवेदी , संन्जिब ढकाल ,लक्ष्मी सिलवाल ,प्रबिन जंग कार्की , कमल तिमल्सिना ,प्रबिन घिमिरे , जन ज्योति क्याम्पस स्ववीयू सभापति संगम श्रेष्ठको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रम कांग्रेस रौतहटका नेता सुमन गौतमले सन्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ