arrow

स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ७ शनिबार
Accident-sign.jpg

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका वडा नं. ५ की ३ वर्षीया मनिषा विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । 

शनिबार दिउँसो  साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा२०च ९५०२ नंको  स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । 

ठक्करबाट सख्त घाइते बालिकाको  उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उनले बताए ।

चालक पाँचखपन नगरपालिका वडा नं. १ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ