arrow

प्रेस युनियनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित अधिकांश पदमा संस्थापन इतर विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
press-union-hetauda-election-2079.jpg

काठमाडौं । नेपाल प्रेस युनियनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन इतर पक्ष विजयी भएको छ ।

नयाँ हेटौंडामा भएको महाधिवेशनको निर्वाचनको आइतबार सम्पन्न मतगणनाबाट संस्थापन इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेलसहित अधिकांश पदमा संस्थापन इतर विजयी भएको हो । 

अध्यक्षमा शिवले संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूलाई पराजित गरेका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेमले सरोज अधिकारीलाई पराजित गरेका हुन् । 

उपाध्यक्षमा नकुल अर्याल र भिष्मराज ओझा विजयी भएका छन् । राममणी दाहाल र शेखर रेग्मी पराजित भएका छन् । 

उपाध्यक्ष महिलामा संस्थापन इतरकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन् । 

उपाध्यक्षमा बागमतीमा जीवन भण्डारी विजयी भएका छन् । 

महासचिवमा दिलिपले जगन्नाथ दुलाललाई पराजित गरेका छन् । 

अन्तिम मतपरिणाम केही बेरमा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ