arrow

चिया बगानमा काम गर्ने तीन किशोरीको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला, सिङ्गो गाउँ शोकमा 

logo
युवराज रेग्मी,  
प्रकाशित २०७९ साउन ८ आइतबार
Kachankawal_Gaunpalika.png

झापा । झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीहरुले  एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।  कचनकवल गाउँपालिका वडा न  ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिएका छ्न् । 

सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल गाउँपालिका वडा नं  ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना हुन् । 

स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएका  थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेको  प्रहरीले जनाएको छ  ।

स्थानीयका अनुसार तिनै जना किशोरीहरु चिया बगानमा काम गर्दै आएका  थिए  । उनीहरुले सामूहिक आत्महत्या गर्नुको कारण  हालसम्म नखुलेको  प्रहरिले जनाइएको छ । 

साथै अनुसन्धानका लागि  घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पाठकले बताए । 

एकै गाउँका  तीन जना  किशोरीले सामूहिक आत्महत्या गरेको घटनाले गाउँ नै शोकमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ