- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिराहा । सर्पदंशबाट सिराहामा आइतवार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नं. ३ जमदहका ६ वर्षीय अनिल सदा रहेका छन् ।
घरमै साथीहरुसँग लुकामारी खेल्नेक्रममा केराबारीमा लुक्न गएका बेला सदालाई विषालु सर्पले डसेको हो ।
उनको उपचारका क्रममा चोहर्वास्थित जयकाली सर्पदंश केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।