arrow

प्रेस युनियनको यस्तो छ अन्तिम परिणाम [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
press-union-shiva-lamsal-team-winner.jpg

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको यही साउन ६ र ७ गते हेटौंडामा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आएको छ । ७ गते मध्यरातिदेखि थालिएको मतगणनाको अन्तिम परिणाम ९ गते बिहानमात्र आइपुगेको हो । 

जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन इतर पक्ष विजयी भएको छ । संस्थापन इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेलसहित अधिकांश पदमा संस्थापन इतर विजयी भएको हो । 

अध्यक्षमा शिवले संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूलाई पराजित गरेका हुन् । तीन जनाबीच भएको भिडन्तमा शिवले ७४५ मत पाउँदा अनिताले ६१२ तथा भुवन भट्टले मात्र १९ मत पाएका छन् । 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेमले सरोज अधिकारीलाई २० मतले पराजित गरे । प्रेमले ६८५ मत ल्याउँदा सरोजले ६६५ मत ल्याए । 

उपाध्यक्ष खुल्ला दुई जनाका लागि भएको प्रतिस्पर्धामा नकुल अर्याल र भीष्मराज ओझा विजयी भएका छन् । नकुल संस्थापन इतर र भीष्मराज संस्थापनका हुन् । नकुलले ७७५, भीष्मराजले ६४० मत ल्याए । पराजित भएका राममणि दाहालले ५९५ तथा शेखर रेग्मीले ३९५ मत ल्याए । 

उपाध्यक्ष महिलामा संस्थापन इतरकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन् । सलोजाले ७२० मत ल्याउँदा कल्पनाले ६१९ मत ल्याइन् । 

उपाध्यक्ष समावेशीमा दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष प्रदेश १ बाट डिल्लीराम खतिवडा विजयी हुँदा लवदेव ढुङ्गाना र हेमराज दाहाल पराजित भएका छन् । 

मधेस प्रदेशबाट अनिल कर्ण, बागमतीबाट डा मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र उपत्यकाबाट जीवन भण्डारी विजयी भएका छन् । 

जीवनले ८४२ मत ल्याउँदा निरज खतिवडाले मात्र ४६२ मत ल्याए । 

महासचिवमा दिलिपले जगन्नाथ दुलाललाई पराजित गरेका छन् । दिलिपले ८७८ मत ल्याए । यो महाधिवेशनकै पदाधिकारीमा सर्वाधिक मत हो । जगन्नाथले मात्र ४५१ मत ल्याएका छन् । 

उपमहासचिवमा युवराज गौतम, रविन्द्र सुवेदी र कमल पन्त निर्वाचित भएका छन् । उपमहासचिव महिलामा सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित भएका छन् । उपमहासचिव समावेशीमा अभयकुमार राई निर्वाचित भएका छन् । 

केन्द्रीय सदस्य खुल्ला महिलाबाट निर्वाचित सरिता खनालले यो महाधिवेशनकै सर्वाधिक मत १०२१ मत पाएकी छिन् । १३ सय ९२ मत खसेकामा ६ मत बदर भएको थियो । 

यस्तो छ अन्तिम मतपरिणाम–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ