arrow

पर्वतमा मलामी बोकेको जीप दुर्घटना, पाँच जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
jeep accident.jpg

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

मोदी गाउँपालिका वडा नं. ५ बाजुङबाट मलामी बोकेर मोदीवेणी घाटतर्फ जाँदै गरेको ग१ज ७८५१ नम्बरको जीप कुश्मा बजारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

को सदरमुकाम कुश्मा बजारमा आज बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी मोदी गाउँपालिका वडा नं. ५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल छन् । घाइतेको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

जीप चालक ४० वर्षीय ओमसेन ठकुरीसहित तीनजना भने सकुशल छन् । जीप चालक ठकुरी प्रहरी नियन्त्रणमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ