- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यू–२० साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा नेपाल माल्दिभ्सविरुद हावी देखिएको छ ।
नेपालले ३–० ले अग्रता लिइसकेको छ । खेलको ४२औं मिनेटमा दिपेश गुरुङको गोलबाट नेपालले प्रारम्भिक अग्रता लिएको थियो ।
५८ औं मिनेटमा नेपालले अग्रतालाई दोब्बर गर्यो । सुगम सुवालले गोल गरेका हुन् । ६२ औं मिनेटमा पाएको पेनाल्टीलाई कृतिष रत्न छुङ्जुले गोलमा परिणत गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।
नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा छ । नेपाल माल्दिभ्सलाई पराजित गर्दै उपाधि दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ ।