arrow

दार्चुलामा कस्तुरीको बिना र यार्सागुम्बासहित एक जना पक्राउ

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७९ साउन १० मंगलबार
arrest-bina-yarshagumba.jpg

दार्चुला । दार्चुलामा कस्तुरीको बिना र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको व्याँस गाउँपालिका–४ सुन्सेराका ३३ वर्षीय कम्मान सिह विष्ट रहेका छन् । 

विष्टको साथबाट प्रहरीले १ किलो ६ सय ग्राम यार्सागुम्बा र कस्तुरीको बिना जस्तो देखिने वस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गाहामगरले जानकारी दिए । 

प्रहरीले गोप्य सूचनाको आधारमा दार्चुलाबाट महेन्द्रनगरतर्फ गइरहेको बसलाई महाकाली नगरपालिका–८ असिगडामा रोकेर खानतलासी गर्दा यार्सा र कस्तुरीको बिना फेला पारेको हो । 

विष्टसँग छुटपूर्जीसमेत नदेखिएकाले यार्सा बरामद गरी डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ