arrow

कोहलपुर दम्पती मृत्युकाे पर्दा खुल्योः कन्ट्र्याक किलर बोलाएर भाइ–बुहारीको हत्या

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ साउन १० मंगलबार
contract-killer--.jpg

नेपालगञ्ज । बाँकेको कोहलपुर वडा नम्बर  १४ पार्वतीपुरमा मंगलबार बिहान मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको हत्या भएको खुल्न आएको हो । 

कृष्णका दाइ–भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको खुलेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाइ विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्र्याक किलरलाई बोलाएर हत्या गराएको जानकारी दिएको छ । 

उनीहरुको हत्या गर्न भारतबाट ५०–५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको थियो । सोमबार राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले बताएको छ । 

दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाइ छ । कृष्ण र अञ्जलीको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाइ विजयलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो । 

विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान् र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । 

अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिए पनि भाइको पनि हत्या भएको उनले स्वीकारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ